फिल्म । भारतीय अभिनेता सलमान खानको जन्मोत्सवको अवसर पारेर प्रतिक्षित फिल्म ‘सिकन्दर’ को टिजर सार्वजनिक गरिएको छ । आउँदो वर्ष सन् २०२५ को इदमा प्रदर्शन हुने फिल्मलाई साजिद नाडीयाडवालाले निर्माण गरेका हुन् । उनले फिल्मलाई भव्य बनाउन कुनै कसर बाँकी राखेका छैनन् । सलमानले आफ्नो करिअरलाई पुनः ट्रयाकमा ल्याउन यस फिल्ममा निकै मेहनत गरेको टिजरले प्रमाणित गरेको छ ।
‘सिकन्दर’ लाई दक्षिण भारतीय फिल्म निर्देशक एआर मुरुगादासले निर्देशन गरेका छन् । उनले आमिर खानलाई लिएर बलिउडमा ‘गजनी’ निर्देशन गरेका थिए । यसकारण पनि यो फिल्म अहिले प्रतिक्षित छ । पछिल्लो समय करिअरलाई अगाडि बढाउन कठिनाई भोगिरहेका सलमान यसबाट निकै आशावादी छन । यसपछि सलमानको पाइपलाइनमा ‘किक २’ र एटलीले निर्देशन गर्ने फिल्म छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्