‘ननिदाई रातैभरी’ गीतमा आकाश र शिल्पा

सङ्गीत । रुपेश राई र इन्द्रकला राईको सुमधुर स्वरमा ‘ननिदाई रातैभरी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेश कुमार श्रेष्ठले शब्द रचना तथा एरेन्जमेन्ट गरेका छन् भने संगीत एलिश कार्कीले भरेका छन् । यस गीतमा कलाकार आकाश श्रेष्ठ र शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ ।

त्रिशा केसीको निर्देशनमा तयार भएको भिडियोलाई रुपेश राईले निर्माण गरेका हुन् । उक्त भिडियोमा रुप मानन्धरले मेकअप, रुपेश थापाले छायांकन, टेकेन्द्र शाहले सम्पादन गरेका छन् । मिस्टर काजीले गीतको कथा तथा कोरियोग्राफी तयार पारेका हुन् ।

कमेन्ट गर्नुहोस्