पौषमै आउने भयो ‘हिल्ड’

साहित्य । अभिनेत्री मनीषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ यही पौष महिनामा बजारमा आउने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मनिषाले यसबारे जानकारी दिएकी हुन् । क्यान्सरविरूद्धको लडाइँबारे समावेश गरिएको सो पुस्तक सबैका लागि उपयोगी हुने विश्वासका साथ लेखिएको अभिनेत्री कोइरालाले बताइन ।

‘क्यान्सर लागिसकेपछी यसबाट बाहिर आउदासम्मको वृतान्तलाई प्रस्तुत गर्ने कोसिस गरेकी छु’ मनिषाले भनिन् ‘मेरो संघर्षले अरुलाई सजगतासँगै आत्मबल प्रदान गर्न सक्छ ।’ पुस्तकमा क्यान्सर रोग निदानका लागि आफूले कसरी शारीरिक, मानसिक तथा संवेगात्मक लडाइँ लड्नु पर्‍यो भन्ने कुरा समेटिएको पनि अभिनेत्री कोइरालाले जानकारी दिइन् ।

पोखरामा आयोजना हुने लिटरेचर फेस्टिवलमा सो पुस्तक विमोचन गर्ने कार्यक्रम तय गरिएको छ । फेस्टिवल आउदो डिसेम्बर २२ बाट सुरु हुनेछ । नेपालका लागि सो पुस्तक फाइन प्रिन्टले बजारमा ल्याउन लागेको हो भने भारतमा यो पुस्तक पेन्गुइन इन्डियाले प्रकाशन गरेको छ । पुस्तक लेखनमा अभिनेत्री कोइरालाले भारतीय लेखक निलम कुमारसँगको सहकार्य गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्