हलपछी ओटीटीमा ‘मास्टर’

0 Shares

फिल्म । साउथ इण्डियन फिल्म स्टार थलपथी विजयको नयाँ फिल्म ‘मास्टर’ गत जनवरी १३ मा रिलिज भयो । संक्रान्ति लक्षित गर्दै प्रदर्शनमा आएको फिल्मले हलमै राम्रो व्यापार गर्यो । कोरोना भाइरसको महामारी फैलिएपछी बन्द रहेको हल खुलेता पनि ‘मास्टर’ ले जस्तो व्यापार अन्य फिलले गर्न सकेको थिएन ।

हलमा प्रदर्शन भएको २ सातापछी शुक्रबार यो ओटीटी प्लेटफर्ममा रिलिज हुदैछ । जनवरी २९ मा फिल्मलाई एमेजन प्राइममा हेर्न पाइनेछ । थलापथी विजय र विजय सेतुपती अभिनित फिल्ममा एक ‘मास्टर’ ले विकृति रोक्दै बच्चाहरुलाई बचाउने कथा देखाईएको छ । जड्याहा मास्टरले आफ्नो जीवनसँगै बालबालिकालाई कुलतबाट बचाउदै अपराध रोक्ने कथालाई दर्शकले रुचाएका हुन् । तमिलसँगै तेलुगु , मलयालम र हिन्दी भाषामा रिलिज भएको फिल्ममा माल्भिका मोहनन् पनि लिड रोलमा छिन् ।(एजेन्सी)

कमेन्ट गर्नुहोस्