जेठमा ‘कबड्डी ४’

फिल्म । प्रतिक्षित फिल्म मध्येको एक ‘कबड्डी ४ : द फाइनल म्याच’ ले नयाँ प्रदर्शन मिती घोषणा गरेको छ । पुर्व घोषित मितीमा नेपाल सरकारले स्थानीय तहको निर्वाचन हुने घोषणा गरेसँगै फिल्म युनिटले ‘कबड्डी ४’ जेठ १३ गरे रिलिज हुने घोषणा गरेका हुन् । निर्देशक रामबाबु गुरुङले फिल्मको नयाँ पोस्टरसँगै फिल्मको नयाँ डेट सार्वजनिक गरेका छन् । नेपाली फिल्मको हिट फ्रेन्चाईज ‘कबड्डी’ को चौथो शृंखलालाई ‘द फाइनल म्याच’ भनिएको छ । यस शृंखलामा कथा सकाइने बताईएकोले गर्दा पनि फिल्म झनै प्रतिक्षित बनिरहेको छ ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ । फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको छ । फिल्ममा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ ।

कमेन्ट गर्नुहोस्