निलिमाको नेतृत्वमा पर्सा शाखा गठन

0 Shares

फिल्म । चलचित्र पत्रकार संघ, नेपालको पर्सा शाखा गठन भएको छ । आज पर्सा स्थित वीरगञ्जमा रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । गठित कार्यसमितिको उपाध्यक्षमा विवेक कर्ण, सचिवमा सूर्यनारायण वि.क., सहसचिवमा प्रणय साह, कोषाध्यक्षमा समिना रञ्जितकार, सदस्यहरुमा सोनम गौतम, रश्मिराज भण्डारी, शम्भु कुमार सुमन, जय यादब, रन्जित यादव र एञ्जल चौधरी रहेका छन् ।

चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव समिर बलामीले वीरगञ्जमा नेपाली फिल्मको बजार अन्य क्षेत्रको भन्दा कम भएको हुँदा अब बजार बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, चलचित्र निर्माता एवम् होटल तथा पर्यटन व्यावसायी संघ पर्साका अध्यक्ष हरी पन्त, ब्रोडकास्टिंग एशोसियसन नेपाल प्रदेश न. २ का संयोजक आरसी यादब, नेपाल आदिवासी जनजाती पत्रकार संघ प्रदेश न. २ का संयोजक निरज पिठाकोटेले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । पर्सासँगै चलचित्र पत्रकार संघ , नेपालको शाखाको संख्या १० पुगेको छ ।

कमेन्ट गर्नुहोस्