फिल्म । चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदीपकुमार उदयले यही माघ १ गतेदेखि प्रदर्शन हुने नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ लाई सबैले सहयोग गर्नु पर्ने धारणा राखेका छन् । उनले सामाजिक सञ्जाल मार्फत कोरोना भाइरसको कारण सिर्जित अवस्थापछी भएको लकडाउन पश्चात हलमा रिलिज हुन् लागेको पहिलो फ्रेस फिल्मलाई फिल्मकर्मी , पत्रकारसँगै यसक्षेत्रसँग जोडिएका सबैले साथ् दिनु पर्ने धारणा राखेका हुन् ।
उनले हल संचालकलाई फिल्मलाई शेयरमा बढी प्रतिशत उपलब्ध गराउन समेत आग्रह गरेका छन् । ‘आफ्नो हलमा म फिल्मलाई ७० प्रतिशत शेयर उपलब्ध गराउनेछु र अन्यलाई पनि आग्रह गर्छु । यो समयमा फिल्म उपलब्ध गराउने शिव दाइको यो कार्यलाई वितरक तथा प्रदर्शकले भुल्नु हुदैन’ उनले लेखेका छन् । शिव श्रेष्ठ निर्मिति फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ आउँदो माघेसंक्रान्तिमा प्रदर्शनमा आउदैछ । उदय बुटवलस्थित द्वारिका उदय सिनेमाजको संचालक हुन् ।
उदयद्वारा लिखित स्टाटस यस्तो छ :-
बर्तमान सरकार नेपाली चलचित्र क्षेत्रप्रति कस्तो क्रुर व्यवहार गर्दो रहेछ भन्ने प्रमाणित भएको छ । चलचित्र विकास बोर्ड,संचार मन्त्रालय,जिल्ला प्रशासन कार्यालय,सिएमसी समेतले खोल्न सिफारिस गर्दा समेत सरकारले निर्णय नगर्दा नयॉ चलचित्र रिलिज अन्यौलमा परेको छ । हुन त हाम्रै अधिकॉश चलचित्रकर्मीहरूलाई नै कुनै चासो र चिन्ता छैन । तर पनि आदरणिय व्यक्तित्व भेट्रान कलाकार शिव श्रेष्ठ दाईले यो क्षेत्रलाई दिन लाग्नु भएको योगदान नेपाली चलचित्र क्षेत्र विशेष गरेर चलचित्र प्रदर्शकले जिवनभर भुल्नु हुदैन ।म शिवदाईको यो योगदानको कदर गर्दछु र हाम्रो चलचित्र घरले कम प्रतिशत राखेर बढी प्रतिशत शिव दाईको “एउटा यस्तो प्रेम कहानी”चलचित्रलाई दिनेछौ । हामी चलचित्र व्यवसायहरूले यो समयमा शिवदाईलाई बढी भन्दा बढी सहयोग गर्नु पर्दछ । बितरकले कमिसन लिनुहुदैन । चलचित्र घरले सक्ने जति बढी प्रतिशत दिनुपर्दछ ।यो मेरो ब्यक्तिगत धारणा हो र चलचित्र व्यवसायीहरूलाई आव्हान समेत गर्दछु । यदि शिवदाईको चलचित्रले राम्रो व्यापार गर्यो भने हेर्नुहोला त्यसपछि चलचित्र रिलिज गर्नेहरू तँछाड मछाड गर्नेछन र नेपाली चलचित्र क्षेत्रलाई योगदान दिने ठुला गफ छाड्नेछन् ।शिवदाई सलाम र मन बाट नमन…
बर्तमान सरकार नेपाली चलचित्र क्षेत्रप्रति कस्तो क्रुर व्यवहार गर्दो रहेछ भन्ने प्रमाणित भएको छ । चलचित्र विकास…
Posted by Pradeep Kumar Udaya on Thursday, January 7, 2021











