चिसो वर्षलाई ‘सरफन्ड’

फिल्म । निर्देशकीय डेब्यु फिल्म ‘कालोपोथी’ मार्फत नै आफुलाई प्रमाणित गर्न सफल निर्देशक मीन बहादुर भामले नयाँ फिल्म ‘चिसो वर्ष’ मार्फत पनि फेस्टिभलबाट पुरस्कार पाएका छन् । डेब्यु फिल्ममै विभिन्न फिल्म फेस्टिभलमा सहभागी हुँदै पुरस्कृत भएका निर्देशक भामको फिल्मले फ्रान्सको पेरिसमा भइरहेको प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नर्वेजियन पुरस्कार जितेको छ ।

विश्वभरका फिल्ममेकर्सले निवेदन दिएका ५२ वटा फिल्मी परियोजनालाई उछिन्दै निर्देशक भामको द इयर अफ कोल्ड (चिसो वर्ष)ले नर्वेजियन सरफन्ड जित्न सफल भएको हो । जसको राशी ६६ लाख ८४ हजार रुपैयाँ (६० हजार अमेरिकी डलर) छ । निर्णायक मण्डलले चिसो वर्षसँगै अन्य ६ वृत्तचित्र तथा कथानक फिल्मलाई पनि छनोट गरेको छ । सोसल ड्रामा जनराको चिसो वर्ष निर्माणाधीन अवस्थामा छ ।

फिल्मलाई सोनी फिल्म्स्ले निर्माण गर्दैछ भने चिसो वर्षको कथामा आफ्ना हराएका श्रीमान खोज्नका लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालयको एक लामो यात्रामा निस्कन्छन् । अन्ततः यात्राकै क्रममा उनीहरुको जीवन बदलिन्छ । यही सुक्ष्म र संवेदनशील विषय बस्तुलाई मियो बनाएर पितृसत्तात्मक समाजमा महिलाको अधिकार एवं मान्यताको दैनिक संघर्ष कथामा समेटिएका छन् । यसमा मुख्य पात्रको यात्राको माध्यमबाट नेपालको जीवन जिउने कला र समृद्ध संस्कृतिक विशेषता दुवै चित्रित गरिएको छ । यसैगरी अफगानिस्तानको द पोस्टम्यान, चीनको द स्ट्रेन्जर, इजिप्टको एज आई वान्ट, दक्षिण अफ्रिकाको हाउ टु स्टिल अ कन्ट्रीले अवार्ड जितेको हो ।

कमेन्ट गर्नुहोस्