फिल्म । आगामी असार १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘परस्त्री’ को हिन्दी गीतको राइट्स विक्री भएको छ । ‘बीफोरयू’ नामक भारतीय कम्पनीले फिल्मको गीतको युट्युब राइट्स खरिद गरेको हो । शुक्रबार निर्मात्री शर्मिला पाण्डे र ‘बीफोरयू’ कम्पनीबीच कागजी सम्झौता भएको छ ।
फिल्मको अहिले मुम्बईको एक स्टुडियोमा हिन्दी डबको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । भारतका प्रख्यात गायक–गायिकाहरुले फिल्मको हिन्दी गीत गाएका छन् ।
फिल्मको निर्देशन सुरज पाण्डेले गरेका हुन् र उनको यो डेब्यु निर्देशन हो । फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, एलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, गीत विष्ट, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको अभिनय छ । दीपेन्द्र के. खनालको लेखन रहेको फिल्मका डीओपी निरज पाण्डे हुन् । थ्रिलर जनरामा निर्माण भएको फिल्मले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथालाई उठान गरेको छ ।
डीएस डिजिटलको ब्यानरमा बनेको सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्। फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्टको तर्फबाट करण श्रेष्ठले वितरण गर्नेछन् ।










