लय र रेखालाई प्रदान गरियो ‘हरितारा चलचित्र पुरस्कार’

फिल्म । दशकौंदेखि नेपाली फिल्म नगरीमा अनवरत रुपमा क्रियाशिल फिल्मकर्मीलाई राजधानीमा एक कार्यक्रमको बीच सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । तीन दशकदेखि नेपाली फिल्ममा सक्रिय लय संग्रौला र दुई दशकदेखि नेपाली फिल्ममा अभिनय तथा निर्माण र निर्देशनमा क्रियाशिल रेखा थापा हरितारा चलचित्र पुरस्कारबाट पुरस्कृत भएका छन् ।

दुवैले सम्मान पत्रसहित जनही २५ हजार नगद राशी प्राप्त गरेका हुन् । फिल्मीक्षेत्रलाई स्थापित कलाकार दिन सफल परिवर्तन नेपालले बर्षेनी हरितारा चलचित्र सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ । साथै परिवर्तन नेपालले स्थापना गरेको दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार उत्तम केसी, विजय रत्नतुलाधर र सावित्री कोइरालालाई सोमवार राजधानीमा सम्मान गरिएको हो ।

उनीहरुलाई सम्मान पत्रसहित जनही १० हजार नगद राशी प्रदान गरिएको थियो । यस्तै अभिनेता तथा निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव वि.क र अभिनेत्री तथा लेखिका शोभिता सिंखडालाई ‘परिवर्तन सम्मान-२०७५’ बाट सम्मान गरिएको छ । पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक/निर्देशक मोहन निरौला, डिजाइन सुन्दर श्रेष्ठ र चलचित्र पत्रकार/गीतकार शान्तिप्रिय थिए ।

कमेन्ट गर्नुहोस्