महलाई ‘जनआन्दोलन स्वर्ण पदक’

फिल्म । मह जोडी अर्थात वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएकोछ । नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर महलाई सम्मान गरिएको हो । नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका ‘मह’ जोडीलाई उपराष्ट्रपति नन्द बहादुर पुनको हातबाट जनआन्दोलन स्वर्ण पदक प्रदान गरिएको हो ।

मह जोडीले आन्दोलनमा आफ्नो महत्वपूर्ण योगदान पुर्याएका थिए भने आफ्नो फिल्म मार्फत पनि जनचेतनाको काम गर्दै आएका छन् । स्वर्गीय सिंहले नेपालको राजनीतिक क्षेत्रमा पुर्‍याएका योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।

कमेन्ट गर्नुहोस्