छायांकनको तयारीमा ‘जन्ते बाख्रो’

फिल्म । निर्देशक सिमोस सुनुवारको निर्देशनमा तयार हुने फिल्म ‘जन्ते बाख्रो’ मा कलाकारहरुको लाइनअप पनि पुरा गरिएको निर्माणपक्षले बताएको छ । प्रदीप भारद्वाजको कथा रहेको यो फिल्ममा नायक सौगात मल्ल, नायिका गरिमा शर्मा, रुसा न्यौपाने, स्नेहा जोशी, विशाल पहारी, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय रहने छ ।

फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । कमेडी कथावस्तुमा ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । यसको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ । मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ ।

कमेन्ट गर्नुहोस्