अभिनय र सुन्दरताले चर्चामा राशा

फिल्म । आफ्नो बलिउड डेब्युका कारण राशा ठडानी चर्चामा छिन् । बलिउड अभिनेत्री रविना टन्डन र फिल्म वितरक अनिल ठडानीको छोरी राशा अभिनित पहिलो फिल्म ‘आजाद’ यही शुक्रबार अर्थात् जनवरी १७ मा प्रदर्शन हुँदैछ । फिल्ममा अजय देवगनसँगै उनका भान्जा अमान देवगन पनि छन् । अमान र राशाको यो डेब्यु फिल्म हो ।

अभिषेक कपूरको निर्देशनमा तयार भएको फिल्मको प्रमोशनको क्रममा यो जोडी अहिले विभिन्न मिडियामा पुगिरहेका छन् । यसैक्रममा सलमान खानसँग विग बोसमा हालै यो जोडीले रमाइलो गरेको छ ।

जहाँ रविना पनि उपस्थित थिइन् । रविनाले अहिलेको पुस्ताले गर्ने अभिनय वा आफूमा राख्ने आत्मविश्वास आफूमा नरहेको बताइन । सलमानले पनि राशाको प्रसंशा गरे । राशाले आफ्नो गीतमा निर्धक्क भएर गरेको नृत्यको तारिफ गर्दै सलमानले फिल्मी भविष्य धेरै अगाडि जाने प्रतिक्रिया दिए । पछिल्लो समय मिडिया र बलिउडकर्मीको नजरमा राशा परेकी छिन् ।

स्टारकिड भएता पनि अन्यको तुलनामा राशाको सुन्दरता, अभिनय क्षमताको तारिफ हुने गरेको छ । यसअगाडि सैफअलि खानको छोरी सराअलि खानलाई बलिउड डेब्यु गराएका निर्देशक अभिषेकले राशाले बलिउडमा राज गर्ने प्रतिक्रिया दिएका छन् । यो फिल्म आउँदो शुक्रबार अर्थात् माघ ४ मा नेपालमा पनि प्रदर्शन हुनेछ ।

कमेन्ट गर्नुहोस्