कान्तिपुरमा ‘नेपाली फिक्सन’

फिल्म । इन्डिपेन्डेन्ट फिल्म मेकरहरुको लागि फिल्म रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बनिरहेको कान्तिपुर सिनेमाजमा ‘नेपाली फिक्सन’को स्ट्रिमीङ्ग सुरु गरेको छ । एक ग्याङ्गस्टारको घरमा लागुऔषधको समान पुर्‍याउन गएका दुई चोरबिच हिस्सा बाँडफाँडको बेला भएको मनमुटाव र लालचबाट निम्तिने अन्तरद्वन्द्वलाई कमेडी शैलीमा प्रस्तुत गरिएको फिल्म सन् २०२२ मा बनाइएको थियो ।

‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’, ‘ब्रह्माण्ड’ लगायतका सिरिजमा मुख्य सहायक निर्देशकको रुपमा काम गरेका देवेन्द्र खत्रीको निर्देशनमा तयार भएको सिरिजमा सन्जोग रसाइली, रुजा राउत, विमल पुरी, सुप्रज्ञा शर्मा र रुपेश दाहालले अभिनय गरेका छन् । फिल्ममा आशिष घिमिरेको छायांकन र सजल लोप्चनको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्