फ्लप : अर्जुन र परिनितीको ‘नमस्ते इंग्ल्यान्ड’

जयहोस् । सन् २००७ मा रिलिज भएको फिल्म ‘नमस्ते लण्डन’ लाई दर्शकले रुचाएका थिए । तिन सय १० मिलियन भारुमा निर्माण भएको फिल्मले बक्स अफिसमा सात सय १४ मिलियन भारु कलेक्सन गर्न सफल भएको थियो । गीत संगीत मात्र होइन फिल्मलाई पनि दर्शकले रुचाएका थिए । गाउले युवा र युकेकी मोडर्न युवतीको कथा प्रस्तुत गर्ने फिल्मलाई दर्शकले रुचाए । यसैले गर्दा निर्मातासँगै निर्देशक समेत रहेका विपुल शाहलाई पनि सफलता मिल्यो । तर झन्डै ११ वर्षपछी विपुलकै निर्देशनमा तयार भएको फिल्म ‘नमस्ते इंग्ल्याण्ड’ लाई भने त्यसकिसिमको सफलता प्राप्त भएको छैन । यो फिल्म ‘नमस्ते लण्डन’ को सिक्वेल नभएता पनि त्यहि नाम सापट लिदै त्यहि पेरिफेरीमा फिल्म निर्माण गरिएको छ । अर्जुन कपुर र परिनिती चोपडाको मुख्य भूमिका रहेको फिल्मलाई दर्शकको प्रतिक्रिया पनि राम्रो प्राप्त भएको छैन भने बक्स अफिस पनि त्यस्तै छ । यसले पहिलो दिन १.७५ करोड , दोस्रो दिन २ करोड र तेर्सो दिन १.५ करोडको मात्र कारोबार गर्न सफल भएको छ । यसकारण पनि नमस्ते इंग्ल्याण्डमा दर्शकले अक्षय कुमार र कट्रिना कैफलाई नै हेर्न चाहेको हो कि ? भन्ने गसिप पनि भारतीय मिडियामा छ ।
कमेन्ट गर्नुहोस्