‘घरज्वाइँ मगर समुदायको संकृति हो’ : निर्देशक मगर

फिल्म । मगर समुदाय र संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ यही असार २८ मा प्रदर्शन हुँदैछ । निर्देशक अनिल बुढा मगरले आफ्नो डेब्यु फिल्ममा विवाह संस्कृतिलाई प्रस्तुत गरिएको बताए । उनले भने, ‘जारीसँग मिल्दोजुल्दो भन्ने सुनिएता पनि हाम्रो संस्कृति लिम्बू भन्दा निकै फरक छ । आफुलाई मन परेको महिला पात्रलाई तानेर विवाह गरेको देखेर उस्तै लाग्यो होला किनकि हामी आदिवासी समुदायका हरेक जातिमा यो प्रचलन समान जस्तै छ । तर, यसको प्रक्रिया र प्रस्तुती फरक छ । किनकि हाम्रो संस्कृति नै भिन्न छ ।’

यस्तै, ट्रेलरमा अपाच्य शब्दको प्रयोग अत्याधिक भएको गुनासोमा निर्देशक मगरले बोलीचालीको भाषा नै रहेको बताए । ‘हामीले जुन ठाउँ र समुदायको कथा उठाएका छौं, त्यहाँ यस्ता शब्दहरु बोलीचालीकै भाषा भएकाले पनि हामीले राखेका हौं । हाम्रो कथाको ओर्जिनालिटी नमरोस् भन्नका लागि पनि प्रचार सामाग्रीमा पनि ती शब्द प्रयोग गरेका हौं’, निर्देशक मगरले भने ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय रहेको छ ।

जनक घर्ती मगर निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निर्देशक मगरसँगै बिनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भन्डारीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्