संगीत । सुरेन बसेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘धन कमाउने’ बोलको गीतमा शब्द तथा संगीत पनि गायक सुरेनकै रहेको छ । बिशाल निरौलाले संगीत संयोजन गरेको गीतमा सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् । सार्वजनिक भिडियोमा श्रीमान श्रीमतीको पिडा र माया प्रेम देखाउन खोजिएको छ । धन कमाउन विदेश गएका श्रीमान घाइते भएर फर्के पछिको कथा भिडियोमा भनिएको छ ।
भिडियोमा सुजन आचार्य,सुजिता तिमिल्सिना र भुमि सापकोटाको जिवन्त अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाइ नविन निरौलाले सम्पादन र कलर गरेका छन् ।
कमेन्ट गर्नुहोस्