‘हसिन दिलरुबा’ जुलाईमा रिलिज हुने

फिल्म । ताप्सी पन्नु अभिनित फिल्म ‘हसिन दिलरुबा’ नेटफ्लिक्समा रिलिज हुने भएको छ । फिल्मको टाइटल रिभिल गर्दै रिलिज बारे एक्ट्रेस ताप्सीले जानकारी दिएकी छिन् । उनले फिल्म आउँदो महिना जुलाई २ मा रिलिज हुने जानकारी दिदै ‘कहानी आशिकाना , राज कातिलाना’ लेखेकी छिन् । फिल्ममा रोमान्टिक लभ स्टोरीसंगै मर्डर मिस्ट्री देख्न पाइने अनुमान सहजै लगाउन सकिन्छ ।

फिल्ममा ताप्सीसंगै विक्रान्त मेस्सी र हर्षवर्धन राणेको पनि अभिनय रहेको छ । फिल्मलाई विनिल मैथ्यूले निर्देशन गरेका हुन् ।

 
View this post on Instagram
 

A post shared by Taapsee Pannu (@taapsee)

कमेन्ट गर्नुहोस्