नोराको सपना पुरा हुदैछ ?

फिल्म । पछिल्लो समय बलिउडमा नोरा फतेहीलाई ‘आइटम गर्ल’ भन्न थालिएको छ । दिलबर , शाकी जस्ता आइटम गीतमा देखिएकी नोरा यसैवर्ष रिलिज भएको फिल्म ‘स्ट्रिट डान्सर’ मा देखा परिन् । उनले यसमा अभिनय गरेकी थिइन् । उनको अभिनय ठीकठाकै चर्चा भए पनि फिल्ममा रहेको ‘गर्मि’ गीतले दर्शक तथा श्रोताको राम्रै ध्यान खिच्यो ।

गीतमा प्रस्तुत गरिएको नोराको अन्दाजलाई दर्शकले रुचाए । यिनै नोराले अन्तर्वार्ताको क्रममा आफु ऋतिक रोशनको फ्यान रहेको बताएकी थिइन् । डान्सकै मध्यमबाट बलिउडमा इन्ट्री गरेकी नोराको ‘क्रस’ बलिउडका क्रिस ऋतिक हुनु स्वाभाविक नै हो । किनकी ऋतिक पनि डान्सलाई लिएर चर्चामा आउने गर्छन् । उनको नृत्य मात्रै होइन फिटनेस पनि त्यत्तिकै आकर्षक छ।

नोराले आफूले सुपरस्टार ऋतिक रोशनसँग स्क्रिन सेयर गर्ने चाहना रहेको बताएको केहि समयपछी उनलाई ग्रीन सिग्नल मिलेको छ । बि-टाउनमा भएको चर्चालाई आधार मान्ने हो भने ऋतिकको आउँदो फिल्ममा नोराको आइटम डान्स हुने सम्भावना बढेको छ । आइटम डान्स मार्फत राम्रो फ्यान फलोअर्स बटुलेकी नोरा र ऋतिकको डान्स पक्कै पनि प्रतिक्षित नै हुनेछ । नोरा ऋतिककी ठूलो फ्यान हुन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्