‘शुभ विवाह’को डबिङ सुरु

फिल्म । आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘शुभ विवाह’को डबिङ धमाधम भइरहेको छ। सुदर्शन थापाको निर्देशनमा बनेको फिल्ममा अभिनेता प्रदीप खड्का, अभिनेत्री सनीशा भट्टराईलगायत कलाकार डबिङमा व्यस्त छन्।

सुपरहिट फिल्म ‘प्रेम गीत’पछि निर्देशक थापा र अभिनेता खड्काबीच लामो समयपछि यसै फिल्ममार्फत पुनर्मिलन भएको हो। फिल्ममा प्रदीप र सनीशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्दकिशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईं, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहेको छ।

प्रियदर्शन फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन्। प्रदीप श्रीवास्तवको कथा रहेको फिल्मको पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका हुन्।

फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रङ संयोजन, विक्रम स्वारको नृत्य निर्देशन र साहिल खानको प्रचार सामग्री सम्पादन रहेको छ।

कमेन्ट गर्नुहोस्