‘ऐँचो पैँचो’को टिजर सार्वजनिक

फिल्म । कृषा चौलागाईको डेव्यु निर्देशकीय फिल्म ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक गरिएको छ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको शुक्रबार इन्टरनेटमा सार्वजनिक टिजरमा कलाकारलाई परिचित गराइएको छ । जहाँ फिल्मको कथावस्तु राजनीति वरिपरि रहेको संकेत गर्छ । टिजरमा रंगीन सटहरुको बाहुल्यता छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्ममा अभिमन्यु निरवीको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्