रोस्लाभमा पहिलोपटक ‘शुभ दिपावली विशेष कार्यक्रम २०८०’ हुँदै

सङ्गीत । आउँदो दीपावली तथा तिहारको उपलक्ष्यमा युरोपियन देश पोल्यान्डको सुन्दर शहर रोस्लाभमा सांस्कृतिक कार्यक्रम गरिने छ । ‘शुभ दिपावली विशेष कार्यक्रम २०८०’ नाम दिईएको कार्यक्रम नोभेम्बर १२ तारिखमा हुने आयोजकले जानकारी दिएका छन् । प्रवासी नेपाली मंच पोल्यान्डको आयोजना रहने कार्यक्रममा गायिका शर्मिला बर्देवा,लोक गायक रबिन लामिछाने,गायक सन्तोष अधिकारीको साथमा लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईको सहभागि हुनेछन् ।

मंचका अध्यक्ष इश्वर देवकोटाले कार्यक्रममा विना शुल्क प्रवेश पाइने जानकारी दिए । उनले भने ‘नेपाली कला र संस्कृति प्रवर्द्धनका निमित हामीले यहाँ पहिलोपटक यसकिसिमको कार्यक्रम गर्दैछौँ । यसले हामी प्रवासमा रहेका नेपाली माँझ सद्भाव बढाउन मदत गर्नुका साथै एकताको संदेश समेत प्रवाह गर्छ ।’ उनले यहिँ कारणले कार्यक्रममा शुल्क नराखिएको बताए ।

कार्यक्रमलाई सफल बनाउँ अध्यक्ष देवकोटा झैँ लामोसमयदेखि पोल्यान्ड, रोस्लाभमा बसोबास गरिरहेका लक्ष्मण घिमिरे पनि उत्तिकै सक्रिय छन् ।

मंचका अध्यक्ष देवकोटा विगत आठ बर्षदेखि पोल्याण्डमा रहेर नमस्ते नेपाल रेस्टुरेन्ट र नमस्ते गोरखा रेस्टुरेन्ट संचालन गरिरहेका छन् । व्यावास्यीसँगै सामाजिक अभियन्ताको रुपमा उनी स्थानीय नेपाली माँझ परिचित छन् ।

कमेन्ट गर्नुहोस्