फिल्म ‘महाभोज’को प्रदर्शन स्थगित

फिल्म । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ। देशको पछिल्लो विषम परिस्थितिका कारण तत्कालका लागि प्रदर्शन रोकिएको निर्देशक दिनेश राउतले जानकारी दिए ।

सहकारी संस्थाको रकम अपचलनको विषयलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘महाभोज’मा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारको अभिनय रहेको छ ।

सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा हुने दुरुपयोग र सामाजिक असमानतालाई सशक्त रूपमा उठाइएको यस फिल्मको कथा विकास सुवेदीले तयार गरेका हुन् । यो फिल्मलाई ‘क्लकवर्क क्रियशन’ र ‘पिक्चर फ्रेम’ले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्