फिल्म । नेपाली फिल्म ‘डिग्री माइला’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ एपमा रिलिज गरिएको छ । पुनः सम्पादित संस्करणलाई ओटीटीमा ल्याईएको यसका निर्माण पक्षले जानकारी दिएको छ । रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ जस्ता लोकप्रिय कलाकारहरू अभिनीत फिल्ममा शैक्षिक वेरोजगारको कथालाई देखाईएको थियो ।
निर्देशक गुरुङले हल रिलिज हुँदा दर्शकहरूबाट प्राप्त प्रतिक्रियालाई मुल्यांकन गर्दै पुन: सम्पादन गरिएको बताए । उनले भने,‘हामीले हल रिलिजको समयमा गरिएको गल्तीलाई सुधार गर्नको लागि पुनः सम्पादन गरेका होइनौँ । केही दर्शकहरूले यसको गतिमा केही सुस्त भएको प्रतिक्रिया दिएका थिए । त्यस प्रतिक्रियालाई ध्यानमा राख्दै हामीले प्राविधिक सुधारको उपायहरू खोजेका छौँ ।’

कमेन्ट गर्नुहोस्










