फिल्म। रोड थ्रिलर फिल्म ‘बाटो’ को फष्टलुक सार्वजनिक गरिएको छ । फिल्मकी एक महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोष्टरले फिल्म प्रति दर्शकको उत्सुकता जगाउन सफल छ । फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा चर्चित ब्यक्तित्व हुन् ।
फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ । फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झाँ काठमाडौं फिल्मका फाउन्डर समेत हुन् । काठमाडौंका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायांकन भएको फिल्मको पोष्टप्रोडक्सन मुम्बईमा भइरहेको छ ।
कमेन्ट गर्नुहोस्










