प्रथम स्कुल स्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न

सङ्गीत । नृत्य निर्देशक सघ नेपाल, तारकेश्वरनगर कमिटीद्वारा आयोजित प्रथम स्कुल स्तरीय तीज नृत्य प्रतियोगिता बागमती प्रदेशका प्रदेश सभासदस्य ईन्जिनियर अमन मास्केज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उपत्यकाको २० स्कुलले भाग लियको यस प्रतियोगितामा कौसल माध्यामिक बिध्यालय प्रथम, नवोधित विध्याकुञ्ज र शुभकामना स्कुल दोस्रो, त्रिलोक चिल्डेन एकेडेमी र स्प्रिङभ्याली स्कुल तृतिय भएका छन् ।

संस्थाका अध्यक्ष टेकबहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव रवी कार्कीले स्वागत मन्तव राख्नुभएको थियो । कार्यक्रममा नृत्य निर्देशक संघ केन्द्रीय अध्यक्ष भुवन दाश श्रेष्ठ, नृत्य निर्देशक संघ तार्केश्वोरनगर कमिटि सल्लाकार उत्तम केसी, हिम रश्मि स्कुलका प्राध्यापक लोकेन्द्रबहादुर खड्काको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्