‘मेयर’ लाई भ्रष्टाचार मुद्दा दायर

फिल्म । सर्लाहीको बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापा विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । थापाको पाँच करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ ६६ सम्पत्तिको स्रोत नखुलेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

दीपेन्द्र के. खनालको निर्देशनमा छायांकनरत फिल्म ‘मेयर’ उनै थापाको जीवनीमा आधारित छ । महङ्गो बजेट भनिएको फिल्म मेयर थापाकै नगरपालिकासँगै सर्लाही जिल्लामा छायांकनरत छ । अझै दुईसाता छायांकन हुने फिल्मका प्रेरणाका स्रोत मेयर थापाको मुद्दा अख्तियारमा धेरै सङ्ख्यामा छ । मेयर थापाको यस अगाडि पनि धेरै मुद्दा भएको त्यसले फिल्मलाई केही असर नगर्ने खनालले प्रतिक्रिया दिएका छन् ।

अर्थात् निर्देशक खनाल विवादित व्यक्तिको कथा भनिरहेकोमा स्पष्ट छन् । विशेषत सर्लाही जिल्लामा मेयर थापालाई चोख्याउन र उनका कामलाई राम्रो देखाउन फिल्म बन्न लागेको चर्चा छ । कानुनी झमेलामा फस्दै गर्ने मेयर थापा देखि स्थानीय त्रसित छन्, सोहीकारण उनको शैलीको विरोध गर्न सक्दैनन् । आउँदो २०८४ को निर्वाचनमा संसदीय निर्वाचनमा भाग लिने योजना अनुरुप मेयर थापाले तयार गरिरहेको स्थानीयको बुझाइ छ ।

फिल्ममा अभिनेता खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन् । यसमा वर्षा राउत, अनुप बराल, रमेश बुढाथोकी, ऋचा शर्मा, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, अर्विशा थापा, सन्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतका कलाकारले अभिनय गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्