‘टिकटकले भाइरल बनायो’ मा किरण र दीपाश्रीको छमछमी

सङ्गीत । तीज पर्वलाई लक्षित गर्दै गायिका तथा समाजसेवी धनकुमारी थापा ‘सरु’ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्याएकी छन् । हास्य कलाकार किरण केसी ‘रातामकै’ र दीपाश्री निरौला अभिनित गीतको भिडियो पनि सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित विमोचन समारोहमा प्रमुख अतिथि वरिष्ठ गायक बम बहादुर कार्कीले गीतको शब्द, सङ्गीत र अभिनयको प्रशंसा गरे । विमोचन समारोहमा फिल्म निर्देशक तथा नायिका दीपाश्री निरौलाले गीतको शब्द, सङ्गीत र स्वरले आफूलाई अभिनयका लागि प्रेरित गरेको बताइन् । हास्य कलाकार किरण केसीले गीत जनजिब्रोमा झुण्डिने खालको भएकोले अभिनय गर्न उत्साहित भएको बताए ।

धनकुमारी थापा ‘सरु’ र मनोजसिंह धामीको स्वरमा रहेको गीतको शब्द र सङ्गीत मनोजसिंह धामीकै छ । प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा दीपाश्री निरौला, किरण केसी, धनकुमारी थापा र मनोजसिंह धामीको रोमाञ्चक नृत्य तथा अभिनय देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्