‘म्यान अफ दि वर्ल्ड’ मा नेपाललाई विशालले प्रतिनिधित्व गर्ने

सौन्दर्य । नेपाली कलाकार तथा मोडल विशाल कट्वाल ‘म्यान अफ दि वर्ल्ड २०२३’ प्रतियोगितामा सहभागी हुने भएका छन् । आगामी जुन १६ तारिखदेखि फिलिपिन्सको मनिलामा आयोजना हुने उक्त प्रतियोगितामा विशाल नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पार्धी गर्नेछन् ।

नेपालको तर्फबाट प्रतियोगितामा सहभागी हुने भएपछि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशाललाई बधाई सहित सफलताको शुभकामना दिएका छन् । पेशाले ईन्जिनिएर भएपनि विशाल कलाकारितामा उदयीमान छन्।

फिल्म ‘यात्रा: अ म्यूजिकल भ्ल्ग’ मा काम गरीसकेका विशाल ‘मिष्टर नेपाल वर्ल्ड २०२२’ का रनरअप समेत हुन् । केही म्युजिक भिडियो, थुप्रै र्‍याम्पमा समेत उनले आफ्नो कौशलता देखाईसकेका छन् ।

कमेन्ट गर्नुहोस्