आँचलको फिल्ममा प्रदीप ?

0 Shares

फिल्म । नायिकाहरु निर्मंत्री बन्ने दौड नेपालममा बढ्दो छ । विशेषत चर्चामै रहेको समयमा फिल्म निर्माणमा आउने नायिकाहरुको लिस्टमा आँचल शर्मा थपिने भएकी छिन् । विवाह पश्चात फिल्ममा काम नगरेकी आँचलले आफ्नै व्यानरबाट फिल्म बनाउने तयारीमा छिन् । आफ्नो श्रीमान उदीप श्रेष्ठसँगको व्यानर स्थापना गर्दै उनले फिल्ममा लगानी गर्ने तयारी गरेकी हुन् ।

यस्तै उनको फिल्मलाई मिलन चाम्सले निर्देशन गर्ने तयारी बढ्दो छ । पछिल्लो समयमा म्युजिक भिडियो मार्फत मिलन र आँचलको सम्बन्ध सुमधुर छ । सामाजिक सञ्जाल मार्फत पनि आँचल र उदीपको सम्बन्ध मिलनसँग राम्रो रहेको सहजै अनुमान लगाउन सकिन्छ । यसिअले गर्दा पनि फिल्ममा सहकार्य हुनेमा दुइमत छैन । यस्तै फिल्मको लागि नायकमा प्रदीप खड्कालाई प्रस्ताव गरिएको छ ।

बुझीए अनुसार आँचलसँग प्रदीपको जोडी पर्दामा फ्रेस देखिने भएकाले पनि टिमले यस्तो तयारी थालेको हो । मिलनसँग काम गर्न प्रदीप पनि सकारात्मक छन् । यद्दपी यी दुइकै पाइपलाइनमा केहि फिल्म रहेकाले यो सहकार्य हुन् केहि समय लाग्ने अनुमान गरिएको छ । ‘लिली बिली’ मा काम गरेपछि प्रदीप र मिलनको सम्बन्ध चिसिएको गसिप फिल्मनगरीमा प्रसस्त छ ।

कमेन्ट गर्नुहोस्