‘चलचित्र ज्ञानको खुल्ला किताब’ : वरुण

देश । चौधरी ग्रुपका निर्देशक एवं सिजी कर्प ग्लोवलका प्रवन्ध निर्देशक वरुण चौधरीले चलचित्रलाई ज्ञानको खुल्ला किताबको रूपमा व्याख्या गरेका छन् । उनले चलचित्र मनोरञ्जनको रूपमा मात्र नबुझ्न आग्रह गरे । ‘चलचित्र मनोरञ्जन मात्र होईन ज्ञानको खुल्ला किताब पनि हो । मेरो उदेश्य नेपाली चलचित्रको बजार विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरमा पुर्याउनु हो’,चौधरीले भने ।

जीवनमा सिक्ने तरिकाहरु धेरै भएको र चलचित्र देखेर सिक्ने कलाभित्र पर्ने उनको बुझाई छ । उद्योगपति विनोद चौधरीका कान्छा छोरा वरुण गएको सात वर्षदेखि एलजि सिने सर्कल अवार्डका संरक्षक रहेर चलिचत्र अवार्डमा सक्रीय रहेका छन् । यद्यपि उनको घरानाले ‘भिसा गर्ल’ पश्चात चलचित्र निर्माणमा निरन्तरता दिएको छैन ।

कमेन्ट गर्नुहोस्