सङ्गीत । गायक तथा संगीतकार थानेश्वर गौतमको नयाँ गीत ‘आँखामा बसेको मान्छे’ सार्वजनिक भएको छ । सुफी शैलीमा तयार पारिएको गीत जननी नेपालको प्रस्तुतिमा आइतबार गौतमकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा केदारप्रसाद खतिवडाको शब्द रहेको छ । गीतको भावलाई सांगीतिक भिडियोमा कथात्मक शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा गायक गौतम आफैँ मञ्चमा गीत गाउँदै देखिएका छन्। भिडियोमा सुरेश कोहली र सम्पदा अमगाईंले अभिनय गरेका छन्।
भिडियोको कथा तथा निर्देशन विशाल घिमिरेले गरेका हुन्। समीप तामाङको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायांकन र अमृत चापागाईंको सम्पादन छ।
कमेन्ट गर्नुहोस्









