‘पार्वती’ले कमायो दुई करोड २४ लाख

फिल्म । चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत पछिल्ला फिल्महरूको कमाइ सार्वजनिक गरेको छ । बोर्डका अनुसार नीता ढुंगाना निर्देशित फिल्म ‘पार्वती’ले दुई करोड २४ लाख ३१ हजार ८ सय ८३ रुपैयाँ व्यापार गरेको छ।

भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म उक्त व्यापार गरेको हो। सो अवधिमा फिल्मका ७९ हजार ८४६ टिकट बिक्री भएको बोर्डको तथ्यांकमा उल्लेख छ।

‘पार्वती’ नीताको निर्देशन तथा कथामा बनेको फिल्म हो। यसको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका छन्। फिल्ममा नीता ढुंगानासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय छ। फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने हरिहर अधिकारी निर्माता रहेका छन्।

कमेन्ट गर्नुहोस्