
फिल्म । निर्देशक माधव राज खरेलको निर्देशनमा लघुचलचित्र ‘मृत्युकोष’ को छायाँकन सम्पन्न भएको छ । काठमाण्डौ ललितपुर र नुवाकोटका विभिन्न स्थानमा छायाँकन गरिएको उक्त लघु चलचित्रलाई मुकेश हुँमागाइले खिचेका छन् भने उनलाई छायाँकार राजन खरेलले साथ दिएका छन् ।
एक जना मानिसले आफ्नो जिवनको उत्राद्धमा आएर भोग्नु परेको समस्याहरुलाई उठान गरिएको लघुचलचित्रमा। नेपाली परिवेशमा पछिल्लो समय यूवाहरुको प्रवास पलायनको प्रमुख मारमा बृद्धबृद्धाहरु परेको विषयलाई समेटिएको निर्देशक खरेलले जानकारी दिए ।
चलचित्रमा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, राजन थापा, राजेन्द्र पाण्डे, दिपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा. राजिव यादव, सौरीका खरेल, राधिका खरेल लगायतको अभिनय रहेको छ । एरा प्रोडक्सनको प्रस्तुती र संचारकर्मी कमला जोशी निर्माता रहेको उक्त चलचित्रलाई खरेलले नै लेखेका हुन् । खरेलकै निर्देशन तथा लेखनमा निर्माण सम्पन्न भईसकेको चलचित्र ‘चिट्ठी’ प्रदर्शनको तैयारीमा रहेको निर्माण पक्षले जानकारी दिएको छ ।