फिल्म । प्रदर्शनरत फिल्म ‘सानो मन’ को स्याड भर्सन गीत सार्वजनिक भएको छ । ‘कस्तो माया…?’ बोलको गीतमा निकिता थापाको एकल गायन छ भने सुयोग सोताङ्गले शब्द तथा संगीत सृजेका छन् । फिल्ममा गायिकाको भूमिका निभाएकी अभिनेत्री शिल्पा मास्के सार्वजनिक गीतको भिडियोमा फिचर्ड छिन् । फिल्मका अभिनेता आयुष्मान देशराज जोशीसँग विताएका पल सम्झिएर भावुक हुँदै उनी स्टेजमा आफ्नो प्रस्तुती दिँदै देखिएकी छन् । भने , उनले माया नबुझेको भन्दैछिन् । प्रदर्शनरत फिल्मको गीतलाई दर्शकले रुचाएका छन् ।
फिल्मले अपेक्षाकृत व्यापार गर्न नसकेपनि दर्शकबाट निकै राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । फिल्म हेर्ने दर्शकले कलाकारको अभिनय र निर्देशकको कामको प्रशंसा गरेका छन् । आयुष्मान र शिल्पासंगै यसमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ । आयुष्मान र शिल्पाको प्रेमले दर्शकलाई अपनत्व महसुस गराउँछ ।
आलोक शुक्लाको डि.ओ.पि. रहेको फिल्मलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।