सलिन भन्छन् ‘यात्राले यात्री बनायो’

फिल्म । डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मार्फत नै एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका कलाकार हुन् , सलिनमान बनिया । जसकारण उनले राइजिङ स्टारको ट्याग समेत पाए । उनको दोस्रो फिल्म यसवर्षको अन्त्य अर्थात् चैत्र अन्तिममा फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ रिलिज हुदैछ । यसमा उनि यात्रीको भूमिकामा छन् । तर उनि फिल्ममा औनी अगाडी भने यात्री थिएनन् अर्थात् उनलाई ट्राभल गर्न कमै मन पर्थ्यो । ‘म निकै कम ट्राभल गर्थे तर दुइ फिल्म गर्ने क्रममा नेपालका अधिकांस स्थानमा घुम्ने मौका पाए’ सलिनले भने ‘नेपालको सुन्दरता पनि फिल्मकै क्रममा देख्न पाए ।’ काठमाण्डौका रैथाने सलिनले डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मा तिलिचो तालसम्मको यात्रा तय गरेका थिए भने रिलिजको क्रममा रहेको फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ मा उनि सोलुखम्बुका विभिन्न रमणीय स्थलसम्म पुगेका छन् ।

‘त्यसरी घुम्ने प्लानिङ पनि भएन तर फिल्मपछी भने ट्राभल गर्न निकै मन पर्छ’ सलिन भन्छन् ‘यात्रामा पनि नेपालका थुप्रै सुन्दर दृश्यलाई कैद गरिएको छ , जसले फिल्मलाई थप सुन्दर बनाएको छ ।’ फिल्ममा उनि भ्ल्गिस्टको भूमिकाछन् । फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरु के यो मायाहो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क , छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चामा थिए । फिल्ममा यात्राको क्रम आउने परिस्थिति , माया र मित्रतालाई देखाइएको सम्राटले बताए । फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेकाहुन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।

कमेन्ट गर्नुहोस्