‘छक्का पञ्जा ३’ देशैभर बुकिङ्ग खुल्ला , अधिकाँस शो ‘फिलिङ फास्ट’

जयहोस् । वर्षकै प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ को टिकट बुकिङ खुल्ने वितिकै दर्शकले चासो देखाएका छन् । आउदो बुधवार अर्थात् घटस्थापना देखि प्रदर्शनमा आउने यसफिल्मको मल्टिप्लेक्समा बुकिङ्ग खुलनासाथ नै दर्शकले टिकेट सुरक्षित गरिरहेका छन । राजधानी तथा मोफसलका मल्टिप्लेक्समा फिल्मको बुकिङ्ग खुलिसकेको छ । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा दिपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामांग लगायतका कलाकारहरुको अभिनय छ । अघिल्ला शृंखलामा कमेडीमा जोड दिएता पनि यसपटक भने कन्टेनलाई फोकस गर्दै निर्माण युनिटले प्रचारप्रसार अगाडी बढाएको छ । उपत्यकामा ४८ र मोफसलमा १०० बढी सिनेमा हलबाट प्रदर्शनमा आउने फिल्म प्रति दर्शकले देखाएको चासोले निर्देशक दीपा दंग छिन । ‘हामीलाई अघिल्ला सिरिज झैँ दर्शकले माया देखाउनु भएको छ , हामी कृतज्ञ छौ’ उनले भनिन् ‘यसपटक दर्शकले विषयवस्तु झनै मन पराउनु हुन्छ ।’ फिल्मलाई राजधानीमा क्युएफएक्स च्यानल अन्तर्गत ३० शो प्राप्त भएको छ । जसमध्य अधिकाँस शो ‘फिलिङ फास्ट’ रहेका छन् । क्युएफएक्स अन्तर्गत लबिम मलमा ८ शो , सिभिल मलमा ७ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ७ शो , कुमारीमा ५ शो र जयनेपालमा ३ दिएको छ । यसैगरी क्युएफएक्सकै नेपालगंजमा रहेको बागेश्वरी सिनेमामा यसलाई ८ शो दिइएको छ भने क्युएफएक्सकै पोखरामा रहेको सिनेप्लेक्समा ७ र नारायणघाटमा रहेको जालमामा १० दिएको छ । राजधानीमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा १० शो , दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ११ शो , गोंगबुमा रहेको बिएसआर मुभिजमा १२ शो , सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा १० शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ११ शो रहेको छ । फिल्मको ब्रान्डिङकै कारण यसरि राजधानीमा शो प्राप्त भएको छ । यसैगरी मोफसलतर्फ पोखरामा रहेको मिडटाउन सिनेमामा ९ शो , हेटौडामा रहेको एनएस सिनेमामा ६ शो प्राप्त भएको बुकिङ्ग खुलिसकेको छ ।
कमेन्ट गर्नुहोस्