फिल्म । प्रदीप खड्का आभिनित फिल्म ‘एक्टरः टेक वान’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलर अभिनेता खड्कामै केन्द्रीत रहेको छ । आफ्नो परिचय बनाउन उनको पात्रले गर्ने सङ्घर्षमा केन्द्रीत फिल्मलाई राजन भुसालले निर्देशन गरेका हुन् । फिल्ममा अभिनेता खड्कासँगै आना शर्मा, राजबल्लभ कोइराला, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौला, सिर्जना अधिकारी, बादल भट्ट, प्रदीप के. चौधरी लगायतकालाकारको अभिनय रहेको छ ।
आकाश बराल र निर्देशक भुसालको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन तथा द्वन्द्व निर्देशन अष्ट महर्जनको छ । फिल्ममा रोमन ब्रजचार्यको ब्याकग्राउन्ड म्यूजिक (बिजिएम), उत्तम न्यौपानेको साउन्ड डिजाइन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत तथा शिशिर खाती र किरण थापाको कोरियोग्राफी छ ।
कमेन्ट गर्नुहोस्