सुशान्तको फिल्ममा ल्याउने तयारी

फिल्म । दिवंगत अभिनेता सुशान्त सिंह राजपुत अभिनित फिल्म ‘दिल बेचारा’ ले डिजिटल प्लेटफर्ममा निकै राम्रो कमाइ गर्यो । उनको अन्तिम फिल्मलाई दर्शकले भावनात्मक रुपमा जोडिएर हेरे । यसैले गर्दा पनि फिल्मको समिक्षा खासै चर्चा भएन । डिजिटल प्लेटफर्ममा सफल मानिएको फिल्म ‘दिल बेचारा’ अब हलमा रिलिज हुने सम्भावना बढेको छ ।

डिज्नेप्लस हटस्टारले फिल्मलाई हलमा रिलिज गर्ने तयारीमा जुटेको छ । भारतमा छिटपुट रुपमा हल खुल्न थालेपछि फिल्म संचालकले सुशान्तको फिल्म डिमाण्ड गरेका हुन् । सुशान्तको पछिल्लो समय फ्लोअर्सलाई मध्यनजर गर्दै हल संचालनको लागि अनुमति पाएको प्रान्त वा सहरमा नोभेम्बर ७ मा रिलिज गर्ने तयारी बढ्दो छ । लभ स्टोरी भन्ने फिल्ममा सुशान्तको को-स्टार छिन , संजना सांघी । उनले यसअगाडी नै रकस्टार र हिन्दी मिडियममा सानो भूमिकामा काम गरिसकेकी थिइन् भने पहिलोपटक लिड रोलमा आएकी छिन् ।

‘फल्ट इन आर स्टार्टस’ उपन्यासमा आधारित यस फिल्मलाई दर्शकले हलमा पनि माया गर्ने अपेक्षा गरिएको छ । यसलाई मुकेश छाबराले निर्देशन गरेका हुन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्