सङ्गीत । ड्रागन मोसन पिक्चरको प्रस्तुति रहेको नयाँ गीतको भिडियो ‘ठिकै छ मेरी प्रिय’ सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरिएको हो ।
अनुजा बरालको निर्देशनमा तयार भएको यो भिडियोले प्रेम, पीडा र द्वन्द्वको कथा प्रस्तुत गरेको छ । गीतको भिडियोमा गुरु वसिष्ठ, प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनय रहेको छ भने गीतलाई गुरु वसिष्ठले नै गाएका छन् । गीतको शब्द शेखर थापाको र संगीत दिवेश राईको रहेको छ ।
भिडियोमा सत्यम रानाको दृश्य प्रविधि (भीएफएक्स) सम्हालेका छन् भने राजेन्द्र मोक्तानले रंग संयोजन र सारथी थापाले छायांकन गरेका छन् । गीतको भिडियोलाई सर्वेश शाहले सम्पादन गरेका छन् ।
कमेन्ट गर्नुहोस्