नफाप्ने बूढाबूढी

गसिप । अफेयर भएर फिल्म खेल्दासम्म ठीकै छ, तर जब यही जोडी विवाह गरेर फिल्म खेल्छन्, फिल्ममा विवाह फापेको देखिन्न। भुवन केसी र सुस्मिता केसीको जोडीलाई अपवाद मान्ने हो भने यही देखिन्छ। विवाहपछि फिल्म खेलेका कृष्ण मल्ल र शर्मिला मल्लको जोडी ‘बादल’मा नराम्ररी फ्लप भएको थियो। इन्गेजमेन्ट गरेपछि प्रियंका कार्की र आयुष्मान जोशीले ‘प्रेम दिवस’ खेलेका थिए, तर यो फिल्मले पनि ‘बादल’ कै नियति दोहोर्‍यायो।

पछिल्लो समय निश्चल बस्नेत र स्वस्तिमा खड्का दुवै बजारमा हिट थिए। दुवै सँगै एउटै फिल्ममा आउँदा फिल्मले बक्स अफिसमा पैसा बर्साउने धेरैको अनुमान थियो। हेमराज बिसीले ‘घामट शेरे’ मा निश्चल र स्वस्तिमालाई लिँदा यस्तै सपना देखेका थिए। तर, गत शुक्रबार रिलिज भएको फिल्मले मायालाग्दो व्यापार गरेको छ। फिल्मले सोच अनुरूपको एक छेउ पनि दर्शक नतानेपछि बजारमा नेपाली फिल्ममा विवाहित जोडी नफाप्ने ठोकुवा गर्न थालिएको छ। कुनै जोडीले गलत साबित गर्लान् यसलाई ?

(सम्पूर्ण साप्ताहिकबाट)

कमेन्ट गर्नुहोस्