प्रकाशले ल्याए ‘रेश्मा’

सङ्गीत । गायक प्रकाश ओशा र सुपर सुरेशको स्वरमा नयाँ गीत ‘रेश्मा’ सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गरिएको गीतमा सुपर सुरेशकै शब्द तथा संगीत छ भने एरेन्ज निरज श्रेष्ठले गरेका छन् ।

गीतको भिडिओमा गायक सुपर सुरेशसँगै लोसिना लामिछानेको अभिनय रहेको छ । सुरेश पाण्डेयको कोरियोग्राफी रहेको भिडिओलाई प्रकाश ओझाले नै निर्देशन गरेका हुन् । भिडिओ सार्वजनिक कार्यक्रममा गायक ओझा भने उपस्थित हुन सकेनन् । गायक ओझाका ‘भत्काइदिन्छु बाख्राको खोर पनि’, ‘ए बाउ भात खान आउ’ लगायतका गीत हिट छन् ।

कार्यक्रममा गायक सुरेशले पछिल्लो समयका दर्शक तथा स्रोताको माग अनुरुपकै गीत ल्याएको भन्दै माया पाउनेमा आशावादी देखिए । उनले गीतमा ४ लाख लगानी गरेको खुलाए । साथै लगानी जतिभएपनि त्यसबाट ठुलो आम्दानीको अपेक्षा नराखेको बताए ।

कमेन्ट गर्नुहोस्