फिल्म । लभ स्टोरी फिल्मका लागि उपयुक्त नाम मध्यको एक हो आर्यन सिग्देल । उनले गर्ने जीवन्त अभिनयले क्यारेक्टरमा ज्यान भर्ने काम गर्छ । यिनै आर्यन पछिल्लो पटक फिल्म ‘कायरा’ मा देखिएका थिए भने यो वर्ष उनि दुइ फिल्म हजार जुनीसम्म र च च हुईमा देखिदैछन् । यी दुइ फिल्मले आर्यनको कामलाई अझै ताजा बनाउने विश्वास राखिएको छ ।
यिनै आर्यनलाई लिएर फिल्म निर्देशन गर्ने सोचमा छन् , निर्देशक दिवाकर भट्टराई । उनले पछिल्लो फिल्म ‘क्याप्टेन’ पछी नयाँ फिल्मको तयारी थालेका छन् । फिल्ममा एक्ट्रेस दीपिका प्रसाईं हुनेछिन् भने उनले एक्टरको रुपमा आर्यनलाई कास्ट गर्ने सोचाइ बनाएका छन् । फिल्म पूर्णतया लभ स्टोरी हुनेछ निर्देशक भट्टराईले बताए ।
‘हामीले केहि पक्का गरेका छैनौ तर त्यो भूमिका आर्यनजीलाई सुहाउछ’ निर्देशक भट्टराई भन्छन् ‘मलाइ पनि उहा मन पर्ने आर्टिस्ट हो र क्यारेक्टर अनुसार उहा पर्फेक्ट हुनुहुन्छ ।’ दर्शकका लागि पनि आर्यन र दीपिकाको जोडी फ्रेस हुनेछ । दिवाकरले फिल्मको कथामा काम गरिररहेका छन् भने दसैँ अगाडी शुटिङ सक्ने योजनामा छन् ।










