सलमानको फिल्ममा धर्मेन्द्र

29 Shares

फिल्म । पछिल्लो समय भारतको सफलताले हौसिएका सलमान खान आउँदो क्रिसमसको तयारीमा जुटेका छन् । क्रिसमसलाई लक्षित गर्दै उनको फिल्म ‘दबंग ३’ प्रदर्शनमा आउंदैछ । सलमानले फिल्मलाई कमर्सियल बनाउन कुनै कसर बाँकी राखेका छैनन् । यसै क्रममा सलमानले फिल्ममा धर्मेन्द्रको इन्ट्री गराएका छन् । उनको भूमिका सलमानको पिताको हुनेछ । यस भूमिकालाई निर्वाह गर्दै आएका विनोद खन्नाको निधन भएपछी सलमानले नजिकका धर्मेन्द्रलाई अफर गरेका हुन् । यी दुइले अघिल्लो समयमा पनि स्क्रिन शेयर गरिसकेका छन् । प्यार किया तो डरना क्या फिल्ममा सलमान र धर्मेन्द्रको केमेष्ट्रीलाई रुचाइएको थियो ।

सलमान खानको सफल फिल्ममा पर्छ ‘दबंग’ । सन् २०१० मा रिलिज भएको दबंग हिट मात्र भएन , सलमानले फिल्ममा निर्वाह गरेको क्यारेक्टर ‘चुलबुल पाण्डे’ लाई पनि दर्शकले रुचाए । त्यसपछी दर्शकले यसको सिक्वेललाई सन् २०१२ मा हेरेका थिए । दबंगलाई अनुभव सिन्हाले निर्देशन गरेका थिए भने यसको सिक्वेललाई अरबाज खानले ।

फिल्मलाई सलमानकै नजिकका साथी प्रभुदेवाले निर्देशन गरिरहेका छन् । प्रभुकै निर्देशनमा तयार भएको फिल्म ‘वान्टेड’ पछी सलमानको करियर उकालो लागेको थियो । फिल्ममा सलमानको को-स्टार सोनाक्षी सिन्हा हुनेछिन् । साथै , फिल्मको विषयवस्तु पनि लिक भएको छ । फिल्म पछिल्लो समय समस्यामा परेका किसानको वरिपरी घुम्ने छ । किसानले भोगीरहेको समस्याको समाधान चुलबुल पाण्डेले गर्नेछन् । पछिल्लो समय भारतमा भू माफियाले किसानको जमिन हडपेको खबरले निकै चर्चा पाएको थियो । यसपटक दबंगको तेस्रो सिरिजमा यसै विषयवस्तुलाई समेटिएको खबर बाहिर आइरहेको छ । फिल्ममा सलमान खान र सोनाक्षी बाहेक अन्य कलाकारहरु खुलाइएको छैन् । तर फिल्ममा अरबाज खान पनि महत्वपूर्ण भूमिकामा हुनेछन् ।

Facebook Comments