गोस्वामीले ल्याए ‘कोसिस २’

जयहोस् । अष्ट्रेलियामा रहेता पनि संगीतकर्म गर्दै आएका गायक राज के गोस्वामीको दोस्रो एल्बम ‘कोसिस २’ सार्वजनिक भएको छ। शुक्रबार अष्ट्रेलियाको सिड्नी स्थित रकडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । एल्बम सार्वजनिक समारोहमा अष्ट्रेलियाबासि गीतसंगीतसँग नेपालीको उपस्थिति रहेको थियो । उपस्थित मार्फत पाएको प्रतिक्रियाले आफुलाई थप उर्जा मिलेको गायक राजले बताएका छन् ।’कार्यक्रममा सुन्नेले मन पराउनु भयो , आश छ दर्शकले पनि रुचाउनु हुनेछ’ उनले बताए । यस एल्बममा १० गीत संग्रहित छन् भने यसमै समावेश ‘साइली र माइली’ बोलको गीतको भिडियो पनि सार्वजनिक भईसकेको छ ।
कमेन्ट गर्नुहोस्