‘बाकस’को छायांकन सुरु

फिल्म । नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुने नेपाली फिल्म ‘बाकस’को छायांकन सुरु भएको छ। फिल्मको छायांकन कास्कीको धम्पुसबाट सुरु गरिएको हो।

पीके इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउँवाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको अभिनय रहनेछ। त्यस्तै, बाल कलाकारहरू सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायत पनि फिल्ममा देखिनेछन्।

सुजिता चौलागाईं निर्माता रहेको फिल्ममा राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माताका रूपमा छन्। फिल्मका कार्यकारी निर्माता धीरेन्द्र पन्त (धिरुभाइ) हुन्।

फिल्ममा महेश पौडेलको छायांकन रहनेछ भने संगीतको जिम्मेवारी दीपक शर्मा र सनम पुरुष राईले सम्हाल्नेछन्। मणि तामाङ मुख्य सहायक निर्देशकका रूपमा छन्। सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं सहायक निर्देशकका रूपमा रहनेछन्।

फिल्मको द्वन्द्व निर्देशन किरण दाहालले गर्नेछन् भने शृंगारको जिम्मेवारी उर्मिला लामाले सम्हाल्नेछिन्। हेयर स्टाइलमा अस्मिता सापकोटा, स्टिल फोटोग्राफीमा लक्ष्मण पाण्डे, पोस्टर डिजाइनमा आईडल, प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने तथा कस्ट्युम डिजाइनमा ज्योति केसी र निराजन घिमिरे रहनेछन्। फिल्मको कोरियोग्राफी सियोन श्रेष्ठले गर्नेछन्।

कमेन्ट गर्नुहोस्