फिल्म । गतवर्ष फिल्म ‘रणवीर’ मार्फत फिल्मनगरीमा भित्रिएकी सुपुष्पा भट्टले दोस्रो फिल्म नै बिग ब्यानरको पाइन । उनले ‘छमाया छपक्कै’ मा अभिनय गर्ने मौका पाइन् । फिल्ममा उनि सानो भूमिकामा देखिए पनि महत्वपूर्ण छिन् भन्ने स्टेटमेन्ट निर्माण पक्षले दिईसकेको छ । डेब्यु फिल्म मार्फत नै तारिफ बटुल्दै नोटिस भएकी सुपुष्पा दोस्रो फिल्म मार्फत मास अडियन्स माँझ पुग्नेमा विश्वस्त छिन् ।
आमा सरस्ववती मुभिज र रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्मित फिल्मले आफ्नो भूमिका महत्वपूर्ण रहेको सुपुष्पाले बताइन । मंगलबार छायाँकार हरि हुमागाईंको जन्मदिन सेलिब्रेसन कार्यक्रममा पुगेकी उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भनिन् ‘ब्यानरसँगै मलाई मेरो भूमिका पनि राम्रो लाग्यो , त्यसैले अभिनय गरेकी हुँ ।’ उनले आफ्नो भूमिकालाई आफुले सक्दो न्याय गरेको समेत बताइन । डेब्यु फिल्मले चर्चा पाएता पनि व्यसायिक रुपमा असफल हुँदा सुपुष्पालाई केहि असर भने पक्कै गरेको छ ।
दिपेन्द्र लामा निर्देशित फिल्म आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । यसमा दिपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मले शहरमा हुर्किएकी एक युवती र एक सोझो/अर्धबैशे पुरुष बीचको प्रेमकथा वाचन गर्नेछ । फिल्ममा हरि हुमागाइँको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व , दीपक शर्माको संगीत , कविराज गहतराजको कोरियोग्राफी , विपिन मल्लको सम्पादन रहेको छ ।निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराजको हो । संवादमा भने दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।












