फिल्म । पछिल्लो रिलिज फिल्म ‘कबिर सिंह’ मार्फत पुनः स्टारडम फर्काउन सफल बलिउड एक्टर शाहिद कपूरले तय गरेको पारिश्रमिक भन्दा ८ करोड कम लिने भएका छन् । उनको छायांकनरत फिल्म ‘जर्सी’ मा उनले तय भएको ३३ करोड पारिश्रमिकमा ८ करोड घटाउन सहमत भएका हुन् । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले निर्माताहरु समस्यामा परेपछि शाहिदलाई पारिश्रमिक घटाउन आग्रह गरेका थिए ।
फिल्म गर्नु अगाडी नै शाहिदले मुनाफामा शेयर र पारिश्रमिकमा शर्तहरु राखेका थिए । यद्दपी अवस्थालाई मध्यनजर गर्दै उनले निर्मातालाई निराश बनाएनन् । शाहिदको जवाफपछी निर्माताले धन्यवाद दिएका छन् । आफुलाई उक्त रकम राहत मिलेको प्रतिक्रिया निर्माण पक्षको छ ।
‘अर्जुन रेड्डी’ को रिमेकपछि शाहिद पुनः रिमेकमा देखिदैछन् । शाहिदले फिल्मकै लागि प्रशिक्षण समेत लिएका थिए । यसमा उनका पिता पंकज कपूर पनि देखिने भएका छन् । निर्देशक तथा कलाकार पंकजले फिल्ममा शाहिदको मेन्टरको भूमिका निर्वाह गर्नेछन् । पछिल्लो समय यी बाउ छोरा मौसम र शानदारमा संगै देखिएका थिए ।
स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेशनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन । त्यसपछि उनि नेशनल टिमसम्म कसरि पुग्छन ? भन्ने विषयलाई फिल्ममा देखाइनेछ । उनको को-स्टारको रुपमा मृनाल ठाकुर छिन् । उनले सुपर ३० र बाट्ला हाउस जस्ता फिल्ममा काम गरिसकेकी छिन् । जर्सीकै निर्देशक गौतमले यसलाई निर्देशन गर्नेछन् । (एजेन्सी)










