‘हाम्रो मर्म कसले बुझ्ने ?

फिल्म । निर्माता , निर्देशक तथा कलाकार अशोक शर्माले हल खुलेपछि फिल्म प्रदर्शनको योजना बन्ने बताएका छन् । चलचित्र संघका महासचिव समेत रहेका शर्माले यसलाई सरकारसँग घुर्की लगाएको भन्दा पनि आफूहरु समस्यामा परेकाले सम्बोधन गर्न गरिएको आग्रहको रुपमा वुझ्न आग्रह गरेका छन् । पौष १० गतेबाट हल खोल्ने निर्णय गरेसँगै सिभिल मलमा फिल्मकर्मीसँग फिल्म हेर्ने माहोल बनाएका शर्माले यसलाई सरकारले छिटै सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

‘अहिले सडकमा नारा जुलुस भएका छन् , भिडभाड हुने अन्य स्थानहरु खुलेका छन् तर हल खोल्ने निर्णय सरकारले किन गरेको छैन ? किन खुलेन भन्ने बिषयमा सरकारका पदाधिकारीसँग कुनै जवाफ नै छैन’ अशोकले भने । उनले हल खोलेर भिडभाड बढ्ने भन्दा पनि विस्तारै दर्शक आउने वातावरण बनाउन लागेको बताए । साथै , उनले मन्त्रीपरिषद्को बैठकले चाडै नै हल सुचारु गर्ने बिषयमा निर्णय गर्ने अपेक्षा चलचित्र संघले गरेको पनि बताए ।

कमेन्ट गर्नुहोस्