‘शिल्पासँग फेरी काम गर्ने ईच्छा छ’ आयुष्मान

फिल्म । आउँदो शुक्रबारबाट फिल्म ‘सानो मन’ प्रदर्शनमा आउंदैछ । फिल्म आयुष्मान डिएस जोशी र शिल्पा मास्केमै केन्द्रित छ । म्युजिकल लभ स्टोरी भनिएको फिल्ममा यी दुइको प्रेम कथा र म्युजिकल जर्नीलाई देखाइएको छ । फिल्मलाई लिएर आफु उत्साहित रहेको आयुष्मान बताउछन् । ‘निर्वाणको क्यारेक्टरमा मलाइ देख्नु हुनेछ’ उनले भने ।

उनले निर्वाह गरेको निर्वाणको क्यारेक्टरले धेरै युवालाई प्रतिनिधित्व गर्ने उनको विश्वास छ । ‘मायाको कथा हो तर हामीले प्रस्तुतीकरणका हिसाबले फरक गर्ने प्रयास गरेका छौ’ उनि भन्छन् , ‘फिल्ममा शिल्पासँग काम गर्दा निकै सहज भयो ।’ उनले आउँदा दिनमा पनि शिल्पाको जोडी भएर स्क्रिनमा देखिने इच्छा व्यक्त गरे । ‘शिल्पासँग रिपिट काम गर्ने ईच्छा छ’ उनले भने ।

‘फिल्ममा एउटा संगीतमा आफ्नो भविष्य खोजिरहेकी युवतीको भूमिका निर्वाह गरेकी छु’ शिल्पाले भनिन् ‘फिल्मले युवापुस्ताको कथालाई कहिँ कतै रिलेट गर्छ ।’ कथावस्तु प्रभावशाली लागेर ‘सानो मन’ मा अभिनय गरेको उनको भनाई छ । यस्तै, नव नायक सक्षम कृष्ण सुवेदी आफ्नो पहिलो फिल्म भए पनि निकै मेहनत गरेको बताए । उनी यस फिल्मबाट ठूलो आशा रहेको पनि बताउँछन् ।

निर्माता राजेन्द्र मानन्धरले फिल्मको कथा राम्रो लाथेर लगानी गरेको बताए ।फिल्ममा विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर वाङ्देल, सक्षम कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, देव कुमार श्रेष्ठ लक्ष्मी भुषाल लगायतका कलाकारको पनि अभिनयछ । ओ.पि.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । निर्माताहरू योगेश गुरुङ्ग, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको हो । यो फिल्मलाई आलोक शूक्लाले छायांकन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्